प्रधानमन्त्री ओली र सिपिसीका अध्यक्षबीच भेटवार्ता
चीन । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनीहरुबीच नेपाल-चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो । साथै दुई नेताले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र सिपिसीका गतिविधि एवम् राजनीतिक आदानप्रदानबारे छलफल गर्नुका साथै भावी सहकार्य पनि परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो ।