यू-१९ एसिया कप : अफगानिस्तानले नेपाललाई दियो १२४ रनको लक्ष्य
काठमाडौं । जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले १२४ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको हो । अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका सकेनन् ।
बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३–३, अभिषेश तिवारी र कप्तान हेमन्त धामीले २–२ र लिए । यसअघिका दुई खेल गुमाएको नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिसकेको छ ।