काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य १९.३ बलमा भेट्टायो । काठमाडौंका कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै टीमलाई जित दिलाए । केसीले १० बलमा २८ रन प्रहार गरे। सुमित महर्जन ४० रनमा अविजित रहे । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।

कर्णालीका शिखर धवनले ५१ बलमा अविजित ७२ रन बनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *