मुक्तिनाथ विकास बैंक र एनसीएचएलबीच सम्झौता

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच अलिपे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ । यस सम्झौतासँगै अब नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई नगद बोक्ने झन्झट नहुनुका साथै नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्त्वर्पूण योगदान पुग्ने विश्वास बैंकको रहेको छ । सम्झौताअनुसार, मुक्तिनाथ विकास बैंकको नेपालपे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा भुक्तानी गर्न सकिनेछ ।

यसबाट चाइना, हङकङ, सिङ्गापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्वीडेन, इटालीलगायत देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत बैंकको नेपालपे क्यूआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सकिनेछ । विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतका जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था पनि गरिएको छ । बैंकले हालै ‘मोबाइल एक, फाइदा अनेक’  लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल सेवा मात्र नभई विकास बैंकमध्ये नेपालकै पहिलो सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फन्ड यही २० मंसिरदेखि बिक्रीमा ल्याउन लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *