एनपीएलमा जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ ।

जनकपुरले बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो । जितका लागि पोखराले दिएको १३९ रनको लक्ष्य जनपुर बोल्ट्सले १७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

जनकपुरको जितमा लाहिरु मिलन्थाले ४५ रनको आक्रामक पारि खेले । आशिफ शेखले ३३ र जेम्स निशमले नटआउट ४० रन बनाए । पोखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले एक-एक विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३८ रन बनायो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *