सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।