प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा पुगेका छन् ।
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरेका थिए । उनले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रूपमा स्थापना गरिएको मानव सेवा आश्रम र दमक नगरपालिका-३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने छन् ।
स्थानीय समाचार माध्यमका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम छ ।