कुमारीत्व फर्काउने सर्जरीका लागि ३० लाख खर्च

ब्राजिलकी एकजना मोडेल तथा सोसल मिडिया सेलिब्रेटी पुनः ‘भर्जिन बन्न चाहन्छिन् । यसका लागि उनले लाखौँ खर्च गरेर शल्यक्रिया गर्दैछिन् । आफूले उक्त शल्यक्रियाको तयारी सुरु गरिसकेको उनले बताएकी छिन् । उक्त जोखिमयुक्त सर्जरीका लागि १९ हजार डलर अर्थात् करिब ३० लाख रुपैयाँ खर्च लाग्छ । प्रतिकात्मक रुपमा आफ्नो कुमारित्व फर्काउनका लागि उनी त्यस्तो शल्यक्रियामा पैसाको खोलो बगाउन तयार भइन् । उक्त शल्यक्रियालाई हाइमेनोप्लास्टी भनिन्छ । यो भनेको यौनांगको झिल्लीको प्रत्यारोपण हो । राभेना हान्निले नामक २३ वर्षीया ती युवतीले जाम प्रेससँगको कुराकानीमा आफ्नो योजनाको खुलासा गरेकी हुन् । उनी भन्छिन्, ‘यो प्रक्रिया मेरो लागि विशेष महत्त्वको छ । उक्त शल्यक्रिया मेरो व्यक्तिगत तथा पेशागत जीवनमा एक नयाँ सुरुवातको प्रतिक हुनेछ । यो शल्यक्रियालाई हाइमेन अर्थात् योनी झिल्लीको मर्मतको रुपमा लिइन्छ । सर्जरीको माध्यमबाट डाक्टरले एक जटिल प्रक्रियाद्वारा झिल्लीलाई टाँकाले जोड्दछन् । कुमारित्व फर्काउने उक्त शल्यक्रिया आफ्नो आत्मसम्मान तथा व्यक्तिगत कारणहरूका लागि महत्त्वपूर्ण रहेको र त्यसका मनोवैज्ञानिक लाभ समेत रहेको उनको दाबी छ । तर एकजना डाक्टरले भने हाइमेनोप्लास्टी केवल एउटा कस्मेटिक सर्जरी मात्रै रहेको र यसबाट कुमारित्व फिर्ता ल्याउने भन्ने कुरा यथार्थमा सम्भव नहुने बताउँछन् । यो केवल प्रतिकात्मक हो र उक्त शल्यक्रिया निकै जोखिमयुक्त हुन्छ । यस क्रममा यौनांगमा संक्रमण तथा खत रहने सम्भावना हुन्छ र उच्च रक्तश्रावको जोखिम पनि रहन्छ । डाक्टरका अनुसार यसले एक ठूलो नैतिक प्रश्न पनि उठाउनेछ । महिलाहरूलाई सामाजिक दबाबका कारण बाध्यता महसुस गराउनुको साटो आफनो नैतिक रुचीका लागि सशक्त हुन प्रोत्साहित गर्नुपर्छ । सो निर्णय सांस्कृतिक तथा मनोवैज्ञानिक आयामसँग पनि जोडिएको छ । यद्यपि यस्ता आलोचना तथा जोखिमका बाबजुत ती ब्राजिलियन मोडेलले आफ्नो निर्णयबाट पछि नहट्ने निधो गरिसकेकी छिन् । मानिसहरूले यस्तो खालका अन्तरंग विकल्पहरुलाई नबुझ्नु वा समर्थन नगर्नु दुर्भाग्यपूर्ण रहेको उनी बताउँछिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *