रवि माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्यो- प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरंकुश अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष ‘प्रचण्ड’ले लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारको निन्दा समेत गरेका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्
अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।
लामिछाने कार्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । सहकारी ठगीमा उनीमाथि प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।