लामिछानेमाथि ‘अमानवीय व्यवहार’ को आरोपबारे आयोगले लियो एआईजीको बयान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकार र प्रहरीले ‘अमानवीय व्यवहार गरेको’ विषयमा राष्ट्रिय मानवअधिकार आयोगले छानबिन थालेको छ ।

आयोगले आज दुई उच्चपदस्थ प्रहरी अधिकारीलाई बोलाएर बयान लिएको हो । एआइजी टेकबहादुर तामाङ र प्रहरी प्रवक्ता एवम् डिआइजी दानबहादुर कार्कीले आयोग कार्यालयमा पुगेर बयान दिएका हुन् । आयोगले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई नै आज बोलाएको थियो । तर, कुँवरले आफू उपत्यका बाहिर भएको भनेर एआईजीलाई पठाएका थिए ।

रास्वपा सभापति रवि लामिछानेकै विषयमा छलफल गर्न बोलाएको आयोगले बताएको छ । दुवै प्रहरी अधिकारीले हिजो चितवन प्रहरीले जारी गरेको विज्ञप्तिमा टेकेर जवाफ दिएका थिए । उनीहरूले प्रहरीबाट कुनै पनि किसिमको दुर्व्यवहार नभएको र सुरक्षा संवेदनशीलताका कारण राति लैजानुपरेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *