सरकारी वकिलको कार्यालय पर्सामा रविको बयान जारी

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पु¥याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

सोमबार वीरगंज पुर्याइएका लामिछानेले सानो पाइला सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहेका बेला सहकारीको ८ करोड ५८ लाख रुपैयाँभन्दा बढी रकम ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा गरिएको छानबिन समितिले उल्लेख गरेको छ। ती रकम विभिन्न समयमा सानो पाइला सहकारीबाट सात पटक सारिएको जनाइएको छ ।

लामिछानेलाई जिल्ला अदालत पर्साले गत बुधबार पक्राउ गर्न अनुमति दिएको थियो। सोमबार उनलाई पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं, त्यसपछि सिमरा र अन्त्यमा स्थलमार्गबाट वीरगंज ल्याइएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *