फिल्म ‘माग्ने राजा’ मा केदार घिमिरेको अपोजिटमा बर्षा राउतले अभिनय गर्ने

काठमाडौँ । फिल्म ‘माग्ने राजा’  मा केदार घिमिरेको अपोजिटमा बर्षा शिवाकोटीले अभिनय गर्ने भएकी छन् ।

यसअघि उनीहरुले फिल्म ‘छक्का पञ्जा ५’ मा एकसाथ काम गरेका थिए । तर, त्यसमा वर्षाको जोडी भने अभिनेता दीपकराज गिरीसँग बाँधिएको थियो । ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा केदार र वर्षाबाहेक अरु कलाकार निश्चित भएका छैनन् । आगामी फागुन १ गतेबाट छायांकनमा निस्किन लागेको फिल्मलाई मुनाल घिमिरेले निर्माण गर्नेछन् ।

‘माग्ने राजा’को कथा केदारमा केन्द्रित हुने बताइएको छ । पहिलो पटक उनी फिल्ममा शीर्ष भूमिकामा देखिन लागेका हुन् । यसका लागि उनले ५० लाख पारिश्रमिक लिएको फिल्म क्षेत्रमा चर्चा छ । यस नाममा दुई वर्षअघि नै दीपकराज गिरी र दीपाश्री निरौलाले यो नाममा फिल्म बनाउन लागेका थिए । तर, पछि यसैको स्क्रिप्टमा ‘छक्कापञ्जा ४’ बनाए । यद्यपि, उनीहरु यो फिल्म बनाउने तयारीमै रहेपनि चलचित्र विकास बोर्डबाट निर्माण इजाजत नलिएकाले अब यो नाम दीपक-दीपाको हातबाट फुत्किएको चर्चा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *