विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपालमा
काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् ।
उनी आज बिहान नेपाल आइपुगेका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न उनी नेपाल आएका हुन् । वेस्ट इन्डिजका क्रिकेट खेलाडी लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् । गतवर्ष नेपाली क्रिकेट टोली टी–२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए ।
लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन् । उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफीसमेत जितेका छन् ।