नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतसँग खेलिरहेको छ ।

मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *