पोखरामा बेलुन महोत्सव
पोखरा। पर्यटकिय राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ ।
नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्न बेलुन नेपालले नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो। ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ।
महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ। महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकको दाबि छ ।
अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुनेछ। ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिम श्रृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने छ।