राज्य व्यवस्था समितिबाट पनि निलम्बित भए रवि
काठमाडौं । सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् । यस अघि उनलाई सांसद पदबाट निलम्बित गरिएको थियो ।
‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको छ ।