संविधान संशोधनका लागि सरकारले कार्यदल बनाउँछ- गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरूसँग सहमति जुटाएर समयसापेक्ष रूपमा संविधान संशोधन गर्ने बताए । उनले संविधान संशोधनको लागि आवश्यक गृहकार्य गर्न काँग्रेस र एमालेले केही दिनमा बेग्लै कार्यदल बनाउन लागेको बताए ।
उनले थपे, ‘हामी छलफल गरेर विषयहरूको पहिचान गर्छौँ । त्यसपछि हामीले चरणबद्ध रूपमा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौँ । त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । समय लाग्छ अहिले नै हुने कुरा होइन ।’