सहकारी ठगी प्रकरणका आरोपित छविलाल जोशीको बयान सकियो

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ ।

सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशीको बयान आज सकिएको हो । जोशीको बयान सकिएलगत्तै गितेन्द्रबाबु राईसँग मिलेर सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पईंछाको बयान सुरु भएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ । सूर्यदर्शन सहकारी ठगी प्रकरमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो ।

बयानका लागि छवि, लिलासहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, जीवीका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको हो । सञ्चालक कृष्ण गुरुङ भने विरामी रहेकाले अदालत उपस्थित नगराइएको प्रहरीले जनाएको छ ।

शुक्रबार जीवीसहित १९ जनाविरुद्ध थप अभियोजन दर्ता भएको थियो । आइतबार ८ कम्पनी, ३१ जना व्यक्ति, ८ संस्था र ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *