भीम रावलले अनुशासनहिन काम गरेपछि कारबाही गरियो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावलले पार्टी अनुशासनमा नरहेर कारबाही गर्नुपरेको बताएका छन् ।

शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताएका हुन् । पार्टी कार्यकर्ताले पार्टीका आधारभूत नम्सहरुलाई मान्नु पर्ने बताउँदै पोखरेलले रावल त्यस भित्र टिक्न नसकेको जिकिर गरे । रावल लामो समयदेखि पार्टी अनुशासन भन्दा बाहिर रहनु भएको पोखरेलले बताउँदै पोखरेलले चितवन अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्नुभए पनि रावल पराजित भएको स्मरण गर्नुपर्ने जनाए ।

महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकारमा मनोनीत गर्ने नीतिगत निर्णय पार्टीले गरेको भए पनि रावलले त्यसलाई नस्विकारेका कारण समस्या भएको उनको भनाई छ । सल्लाहकार नभएर बाहिर बसेर पार्टीको पक्षमा काम गर्न सकिने भए पनि रावल हरेक समय पार्टीको विपक्षमा उभिएको पोखरेलको भनाइ छ ।

संसद् भित्रको संसदीय ह्विप उलङ्घन गरेकै दिनबाट भीम रावलले एमाले छाडि सकेको जनाउँदै पोखरेलले  एमालेले उहाँलाई सुध्रिने अवसर दिएको भए पनि नसुध्रिएको पोखरेलको धारणा छ ।  रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने भए पनि आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलको टिप्पणी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *