माओवादी पहिलो भए सुशासनको युग सुरु हुन्छ- प्रचण्ड
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी पहिलो भए देशमा सुशासनको युग सुरु हुने बताएका छन् ।
खबरदारी सभामा उनले आफ्नो पार्टी पहिलो भए देशमा सुशासन कायम हुने र भ्रष्टाचार अन्त्य हुने दाबी गरेका हुन् । ‘हामी सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्ध काम गरिरहेका थियौँ तर सुशासन विरोधी र भ्रष्टाचारका पक्षपातीले काम गर्न दिएनन्,’ दाहालले भने, ‘अहिलेको सरकार सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा काम गरिरहेको छ ।’
आफ्नो पार्टी सरकारमा आए गिरीबन्धु टी इस्टेट, ओम्नी र वाइडबडी खरिदलगायत प्रकरणका फाइलहरू खोलिने बताए । यसका लागि माओवादी बलियो हुनुपर्ने उनको भनाइ छ ।