संबिधान संशोधनको विषयमा सक्रियतापूर्वक काम भइरहेको छ- शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन् ।

आइतबार बिहान जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले पटक पटक सरकार बदलिँदा विकासका काममा बाधा परेकाले अहिलेको सरकार विकासलाई गति दिनका लागि बनेको बताएका हुन् । उनले सुशासन स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि अहिलेको सरकार बनेको बताए । नेता कोइरालाले संविधानमा केही सुधारहरु गर्नका लागि पनि अहिलेको सरकार बनेको र एक हप्ता यता कांग्रेस र एमालेबीच सक्रियतापूर्वक काम भइरहेको बताए । उनले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग समन्वय गरेर संशोधन गरिने बताए ।

उनले भने- ‘दुई ठूला दल एक ठाउँमा उभिएर हामी निर्वाचनमुखी भएर अघि बढिरहेका छौँ । संविधान जस्तो कुरा अन्य दलहरुसँग पनि मिलेर हामीले संविधानमा केही सुधारहरु गर्नुपर्ने हुन्छ । माओवादी, मधेसका दलहरु, रास्वपा अन्य दलहरुसँग मिलेर संविधान सुधारका कुरा गर्नुपर्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *