सूर्यको सबैभन्दा नजिक पुगेर पनि कसरी जोगियो नासाको अन्तरिक्षयान

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एउटा अन्तरिक्षयान सूर्यको सबैभन्दा नजिक पुगेर मात्र होइन असाधारण तापक्रम रहेको त्यस क्षेत्रमा समेत सामान्य रुपमा काम गरेर इतिहास रचेको छ । यसअघि कुनै पनि अन्तरिक्षयानहरु सूर्यको त्यतिधेरै नजिक पुग्न सकेका थिएनन् । शुक्रबार नासाका वैज्ञानिकहरुले एउटा संकेत प्राप्त गरे कि निकै उच्च तापक्रमयुक्त वातावरणमा कैयन् दिनसम्म उडान भरेपश्चात् उक्त यानको सञ्चार सम्पर्क विच्छेद भएको थियो । नासाका अनुसार पार्कर सोलार प्रोब नामक उक्त यान अहिले पनि सुरक्षित छ र यो सूर्यको सतहभन्दा ६१ लाख किलोमिटरको दूरीमा पुग्नुका बाबजुत पनि यसले सामान्य तबरले काम गरिरहेको छ । स्मरण रहोस् नासाले सन् २०१८ मा पार्कर सोलार प्रोबलाई सौर्यमण्डलको केन्द्रमा पठाइएको थियो । वैज्ञानिकहरुका अनुसार क्रिसमसको अघिल्लो दिन यो यान सूर्यको बाह्य वातवारणमा प्रवेश गरेको थियो । तथापि अति उच्च तापक्रम र विकिरणसँग जुध्नुका बाबजुत यसले आफ्नो अस्तित्व बचाएर राख्यो । अन्तरिक्ष यानको यस्तो उडानबाट सूर्यको काम गर्ने तरिकाका विषयमा थप तथ्यहरुको खुलासा हुने बताइएको छ । पार्कर सोलार प्रोब सूर्यको निकट पुगेसँगै नासाका वैज्ञानिकहरुको मुटुको ढुकढुकी बढेको थियो । उनीहरुले लगातार त्यसबाट संकेतहरु पर्खिरहेका थिए । ती संकेतहरु २८ डिसेम्बरको बिहान ५ बजेसम्म प्राप्त हुने अपेक्षा गरिएको थियो । पार्कर सोलर प्रोब सूरज के बाहरी वातावरण में पहुंचानासाको वेबसाइटका अनुसार पार्कर सोलार प्रोब ६.९२ लाख किलोमिटर प्रतिघण्टाको गतिमा आफ्नो यात्रा गर्दा ९८० डिग्री सेल्सियसको तापक्रम पनि सहन गर्न सक्यो । नासाले भनेको छ – पार्कर सोलार प्रोबको तर्फबाट सूर्यको यति नजिक अध्ययनबाट यसको तापमान लिन सकिन्छ । यसबाट त्यस क्षेत्रमा कसरी कुनै पदार्थहरु लाखौं डिग्री सेल्सियससम्म तातो हुन सक्छन् भन्ने कुराको बारेमा बुझ्न पनि मद्दत मिल्नेछ । यसबाट सौर्यबतासको उत्पत्ति तथा ऊर्जायुक्त कणको गति पक्रिएर प्रकाशको गतिसम्म पुग्नुको कारणका बारेमा पनि पत्ता लाग्न सक्छ । नासाको विज्ञान विभागका प्रमुख डाक्टर निकोला फक्सले यसअघि बीबीसीसँग भनेकी थिइन्( सदियौंदेखि मानिसहरुले सूर्यको अध्ययन गरिरहेका छन् । तर, जबसम्म उनीहरू त्यहाँ पुग्दैनन् तबसम्म त्यहाँको वातावरणको अनुभव गर्न पाउने छैनन् । त्यसैले जबसम्म तपाईंले सूर्यको नजिकैबाट उडान भर्नुहुन्न तबसम्म त्यहाँको माहोल कस्तो छ भन्ने कुरा बताउन सकिने छैन । पार्कर सोलार प्रोब सन् २०१८ मा प्रक्षेपण गरिएको थियो । त्यसयता यसले सौर्यमण्डलको केन्द्रतर्फ आफ्नो यात्रा जारी राखेको थियो । यसले सूर्यलाई २१ पटक सूर्यको नजिक गएको छ र हरेक पटक यो पहिलेको तुलनामा सूर्यको नजिक पुगिरहेको थियो । तर, क्रिसमसको पूर्वसन्ध्यामा यो सूर्यको सबैभन्दा नजिक पुग्यो र अहिलेसम्मकै रेकर्ड ब्रेक गर्‍यो । तर, अहिलेसम्मकै सबैभन्दा नजिक पुग्नुका बाबजुत पनि यो अझै सूर्यभन्दा ६१ लाख किलोमिटर टाढा थियो । तथापि यो दूरीले सूर्य र उक्त यानबीचको दूरीलाई नयाँ सिराबाट परिभाषित गर्दछ । डाक्टर फक्सका अनुसार पृथ्वी र सूर्यबीचको दूरी ९ करोड ३० लाख माइल छ । यदि हामी सूर्य र पृथ्वीलाई एक मिटरको दूरीमा राख्यौं भने सोलार प्रोब सूर्यबाट केवल ४ सेन्टिमिटरको दूरीमा रहेको छ । वास्तवमा सोलार प्रोब सूर्यको निकै नजिक पुगेको हो । यो अन्तरिक्षयान १४ सय डिग्री सेल्सियस तापक्रम पनि सहन सफल भयो । यति उच्च तापक्रमले यानमा रहेका उपकरणहरुलाई खरानी बनाउन सक्थ्यो । तर, यानमा चारैतिर लगाइएको ११।५ सेमीको मोटो कार्बन कम्पोजि शील्डले यसलाई बचाएर राखेको छ । यद्यपि यो यानको रणनीति भनेको सूर्यको वातावरणमा तीव्र गतिमा घुस्नु र त्यसपछि उत्तिकै गतिमा बाहिर निस्कनु हो । वास्वतवमा यो कुनै पनि मानव निर्मित वस्तुको तुलनामा उच्च गतिमा चलेको छ । यसको गति ४ लाख ३० हजार माइल प्रतिघण्टा थियो । अर्थात् ३० सेकेण्डभन्दा पनि कम समयमा यसले लण्डनदेखि न्युयोर्कसम्मको दूरी पार गर्‍यो । पार्करलाई यो गति सूर्यतिर जाँदै गर्दा प्राप्त भएको अत्यधिक सशक्त गुरुत्वाकर्षण बलका कारण हासिल भएको थियो । वैज्ञानिकहरुको अपेक्षा के छ भने जब पार्कर सोलार प्रोब सूर्यको बाहिरी वातावरण अर्थात् कोरोनामा प्रवेश गरेको बेला त्यसले यस्ता धेरै तथ्यहरु संकलन गरेको हुनसक्छ जसले लामो समयदेखि विद्यमान रहस्यलाई सुल्झाउन सक्दछ । वेल्सस्थित फिफ्थ स्टार ल्याबका खगोलशास्त्री डाक्टर जेनिफर मिलार्डका अनुसार कोरोना वास्तवमा निकै तातो छ र त्यहाँ किन त्यतिधेरै तापक्रम छ भन्ने कुराको जानकारी हामी कसैलाई पनि छैन । उनका अनुसार सूर्यको सतहको तापक्रम करिब ६ हजार डिग्री सेल्सियस हुन्छ । तर, यसको बाहिरी हिस्सा अर्थात् कोरोना ९जसलाई हामीले सूर्यग्रहणका बेला पनि देख्न सक्छौं० मा तापक्रम लाखौं डिग्रीस्म्म पुग्दछ र यो सूर्यभन्दा धेरै टाढा पनि छ । आखिर त्यहाँको वातावरण त्यतिधेरै तातो किन भइरहेको छ रु भन्ने कुरा रहस्यको गर्भमै छ । नासाको यो मिसनले सौर्य आँधी अर्थात् सूर्यको कोरोनाबाट लगातार निस्किरहेका चार्जयुक्त कणको बहावका विषयमा पनि अध्ययन गर्नेछ । जब यी चार्जयुक्त कण पृथ्वीको चुम्बकीय क्षेत्रको सम्पर्कमा आउँछन् तब आकाशमा निकै धेरै चमक पैदा हुन्छ । तर, अन्तरिक्षको यो घटनाले मौसमसँग सम्बन्धित विभिन्न समस्याहरु पनि पैदा गर्न सक्दछ । यसले ऊर्जा ग्रिड, विद्युतीय तथा सञ्चार प्रणाली ध्वस्त पार्न सक्दछ । डाक्टर मिलार्ड भन्छिन्( पृथ्वीमा हाम्रो दैनिक जीवनका लागि सूर्य, यसका गतिविधिहरु, अन्तरिक्षको मौसम तथा सौर्य बतासको बारेमा थाहा पाउनु निकै अहम हुन् । पार्कर सोलार प्रोब सम्पर्कविहीन हुँदा नासाका वैज्ञानिकहरु चिन्तित बनेका थिए । डाक्टर फक्सको विश्वास थियो कि जब यसबाट संकेत प्राप्त हुनेछ तब उनको टिमले त्यसलाई हरियो रंगको मुटुको चिह्न पठाउनेछ, अर्थात् यो उक्त यानले सही काम गरिरहेको कुराको संकेत हुनेछ । आफू नासाको उक्त दुस्साहसिक प्रयासका बारेमा पहिले निकै चिन्तित रहेको भए पनि उक्त यानमाथि भने भरोसा रहेको उनले बताए । उनी भन्छन् – मलाई प्रोबका बारेमा अबपनि चिन्ता हुनेछ । तर हामीले यसलाई यस्तो प्रकारले डिजाइन गरेका छौं कि यसले निकै कठिन तथा निमर्म अवस्थामा पनि काम गर्न सकोस् । सानो आकारको यो अन्तरिक्षयान भित्रबाट भने निकै शक्तिशाली छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *