अमेरिकामा दशककै सबैभन्दा भीषण हिमपात पूर्वानुमान

काठमाडौँ । अमेरिकामा दशककै सबैभन्दा भीषण हिमपातको डरले प्रशासनले तयारी सुरु गरेको छ ।

यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेशनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएको हो र आगामी केही दिनमा पूर्वतिर सर्नेछ । अमेरिकाका मिसिसिपी र फ्लोरिडालगायतका केही भागमा कडा चिसो नहुने ठाउँमा चिसोको अवस्था झनै बिग्रने चेतावनी दिइएको छ ।

मौसमविद्हरूका अनुसार ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर घुम्ने चिसो हावाको क्षेत्र) खराब मौसमको कारण हो । यसले सन् २०११ पछि संयुक्त राज्य अमेरिकामा सबैभन्दा चिसो जनवरी हुने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *