ललितको घातक बलिङ सामु आर्मी १२१ रनमा समेटियो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मी १२१ रनको योगफलमा सीमित भएको छ । आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटिएको हो । आर्मीको उक्त लक्ष्य बनाउन कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए । पुलिसकालागि ललित राजवंशी एक्लैले सात विकेट लिए । यसैगरी कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १-१ विकेट हात पारे ।

ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *