आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने विषयमा समीक्षा हुनु जरुरी छ- अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय ढाँचाको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिसम्बन्धी उच्च स्तरीय परामर्श गोष्ठीलाई सोमबार काठमाडौँमा सम्बोधन गर्दै पौडेलले मुलुक संघीय संरचनामा गइसकेपछि सोही अनुसारको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । उनले राजस्व संकलन, आन्तरिक ऋण, अन्तर्राष्ट्रिय अनुदानबाट मात्रै वित्तीय व्यवस्थापन हुँदै आएकोमा अब भने उक्त माध्यमबाट मात्रै वित्तीय व्यवस्थापन गरेर राष्ट्रको समृद्धिको आकांक्षा पुरा हुन नसक्ने उल्लेख गरे ।

सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमका लागि समेत राज्यले आफैले स्रोत व्यवस्थापन गर्न नसकेको उनले बताए । मन्त्री पौडेलले राष्ट्रिय आवश्यकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग लिने भनिए पनि वास्तविक रूपमा त्यस्तो हुन नसकेको विषयमा समीक्षा जरुरी रहेको धारणा राखे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *