नेपाली भूमि भारतीयले भोगचलन गरिरहेको विषय राज्य व्यवस्था समितिमा

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीयले उपभोग गरिएको विषयमा नेकपा एमालेका सांसद रघुजी पन्तले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा समितिमा परेका उजुरीमाथिको छलफलको सुरुमा नै उनले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् । समितिका सदस्य एमाले सांसद पन्तले भने, ‘कञ्चनपुरको शुक्लाफाँटामा भारतीयले उपभोग गरिरहेको जमिन सरकारले आफ्नो जिम्मा ल्याउन पहल भइरहेको छ कि छैन, यसमा गृहमन्त्रीको ध्यानाकर्षण होस् । हाम्रो भूमि हाम्रो स्वामित्वमा आओस् । हाम्रो भूमिको रक्षा सरकारले गरोस् ।’

गृहमन्त्री लेखकले एमाले सांसद पन्तले ध्यानाकर्षण गराएको विषयमा जवाफ दिँदै भने, ‘कञ्चनपुरमा भारतीय नागरिकले भोगचलन गरेकोमा सरकारको ध्यानाकर्षण भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीयले भोगचलन गरिरहेको विषयमा सरकार जानकार छ । जिल्लामा रहेका सुरक्षा निकाय, राष्ट्रिय निकुञ्जलगायतबाट जानकारी प्राप्त भएको छ । यसका बारेमा छलफल पनि गरेका छौं । भारतीय नागरिकले हाम्रो भूभागमा खेतीपाती गरेका छन् ।’ गृहमन्त्री लेखकले सीमाको विवाद नरहेको, तर एउटा पिल्लर राख्नुपर्ने अवस्था आएको र त्यसका लागि कूटनीतिक पहल भइरहेको जानकारी गराए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *