लामिछानेको तर्फबाट कानून ब्यावसायीले थुनछेक बहस गर्दै

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रबि लामिछानेको आज कास्की जिल्ला अदालतमा लामिछानेको तर्फबाट कानून ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन् ।

जिल्ला न्यायाधीश नितिश राइको इजलाशमा आजदेखि रबि लामिछानेको तर्फबाट कानून व्यवसायीहरुले थुनछेक बहस गर्न लागेका हुन् । यस अघि सोही प्रकरणमा पूर्व डिआइजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक बहस भैसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन् बाँकी रहेको छ । यसैबीच रबि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानून ब्यनासायी यज्ञमणि न्यौपानेले सहकारी पिडितहरुले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएकोबारे इजलासमा कुरा उठ्न थालेको बताएका छन् ।

सहकारी पिडितहरुले बचत रकम फिर्ता पाउनुपर्ने मागसहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पीडितहरुले आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गैरहेको बारे इजलासमा छलफल भएको अधिवक्ता न्यौपानेले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *