उमेरहद लागेर बिदा भएका नेताबारे तत्काल निर्णय गर्न माओवादी बैठकमा माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका जारी केन्द्रीय समिति बैठकमा अनेरास्ववियू क्रान्तिकारीको जारी महाधिवेशन र यसको नेतृत्वबारे प्रशस्त बहस भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वविद्यार्थी अध्यक्षहरू तथा युवा नेताहरूले क्रान्तिकारीको नयाँ नेतृत्व तथा ३२ वर्षे उमेरहद लागेर बिदा भएका देशभरका झण्डै ६ सय नेता कार्यकर्ताबारे चासो राखिरहेका छन् । आज तेस्रो दिनको बैठकमा क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले पार्टी केन्द्रीय समितिको यही बैठकबारे बिदा भएका नेताहरूबारे निर्णय गरेर जान प्रस्ताव गरेका छन् ।
बैठकमा बोल्दै उनले भने, ‘युवाहरूको भर्ती खोलेर पार्टी निर्माणका जिम्मा दिनु पर्दछ । युवाहरूलाई निराश बनाएर पार्टीमा उत्साह आउँदैन । उमेरहदका कारण बिदा हुने विद्यार्थीहरूलाई सबै तहमा प्राथमिकताका साथ यहीँबाट न्यायोचित निर्णय गरेर जाउँ ।’