कोटका खल्ति छामेका बिर्स्यौ
जोस लढाउँ होस बढाउँ
बृद्धाहरुमा माया चढाउँ ।
बोल्न आंट हुन्न उनिमा
भन्छन साथ हुन्न जुनिमा ।१
हिडने डुल्ने छैन आधार
आशिष मिल्छ गर उद्धार।
कोटका खल्ति छामेका बिर्स्यौ
भार तिर्नमा अहिले तर्स्यौ ।२
सदभावका मायाथे कति
चुक्ता गर्न सक्दैनौ त्यति ?।
मायाले प्यारो ठान्थे सज्जन
मिले स्वागत बोलि बचन ।३
आशाको फल रोपें भनेर
मख्खै बस्यौं दिन गनेर ।
हुर्कि बढ्दै जवानी चढ्यो
निस्वार्थिमा मन किन बढ्यो ।४
चुलबुले तिम्रा दिन सम्झिदा
थाहा भएन पाईला लम्किदा
चोटका भारी बर्षे झरी
मात्र रहेछन भगवान हरी ।५
के हेर्छ राज्य केही देखिन्न
बृद्धाहरुको मान लेखिन्न।
शहरको कानुन गाउँ पस्योत
बृद्धाको न्याय कहाँ फस्योत ।६
झुट्टा माया जालको खेति
बुझ्न सकेनौं मनले तेति ।
झुत्रा मैला वस्त्रका भारी
दुखसुख वारि र पारी ।७।।
पिंजडामा सुगा जसरी
बेदना ,भाव पोखुं कसरी ।
हात र गोडा सध्धे भएनि
सङगै पुरपुरो जहाँ गएनि ।८
भात र भान्सा मिठो र चोखो
सधैं रमाई खानमा धोको ।
सुबर्ण माया रोजे जसरी
शित्तल छहारी मिल्यो त्यसरी ।९
सोचे थें मायाँ सधैं जमाई
दुख सुखमा बस्छौं रमाई ।
हेर्नु पर्दैन गर्छौ सामना
माया ,जनमा शुभकामना ।१०
(हाल अष्टेलिया )