तिब्बतमा गएको शक्तिशाली भूकम्प र अहिलेको अवस्था कस्तो छ ?
काठमाडौँ । मङ्गलवार बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेट जाँदा दक्षिण पश्चिम चीनको सी जाङ स्वायत्त क्षेत्रको सिगात्से शहर स्थित डिङ्ग्री काउन्टीमा १० किलोमिटर गहिराइमा केन्द्र बिन्दु भएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो । भूकम्पको यकिन केन्द्रबिन्दु त्सोगो टाउनशिप थियो । केन्द्र बिन्दु रहेको ठाउँमा २७ गाउँहरू जसले करिब २० किलोमिटरको दायरा भित्र धेरै क्षति पुर्याउदै लगभग ७-८ हजार भन्दा बढी मानिसहरू बस्ने घरहरूलाई धेरै नै क्षति पुराएको थियो । डिङ्ग्री काउन्टी हिमालयको उत्तरी पहाडमा अवस्थित छ, दक्षिणमा नेपालको सिमाना पर्दछ । जसका कारण काठमाडौँ उपत्यका लगायत नेपालको मध्य र पूर्वी क्षेत्र र भुटान लगायत बङ्गलादेशसम्म भूकम्प आंशिक प्रभाव छोडेको थियो ।
भूकम्पबाट तिब्बतमा हालसम्म १२६ जनाको मृत्यु भएको छ । यस्तै, १८८ जना घाइते भएका छन् । गए राति उच्च हिमाली क्षेत्रको तापक्रम माइनस १८ डिग्री सेल्सियससम्म झरेको थियो । अत्यधिक चिसोका कारण भूकम्पपीडित लाई थप समस्यामा परिरहेको छ । चीन सरकारले मङ्गलवार नै भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, विद्युतीय जेनरेटरसहितका सामग्री पुर्याइसकेको छ । त्यस्तै, भत्किएका सडकहरू मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको छ ।
चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार, बुधवार बिहानसम्म ४.४ म्याग्निच्युडका ५०० भन्दा धेरै परकम्प गएका छन् । झन्डै ४५ सय मिटरको उचाइमा भूकम्पको केन्द्र बिन्दु रहेको थियो सगरमाथाको उत्तरी आधार शिविर नजिक रहेको डिङ्ग्री काउन्टी हिमालय पर्दछ । डिङ्ग्री काउन्टीको करिब ९० प्रतिशत भूभाग सगरमाथा क्षेत्रको हिस्सा हो । काउन्टीको लगभग ९० प्रतिशत भूमि चीनको ‘चोमोलोङ्गमा राष्ट्रिय प्रकृति रिजर्भेसन एरियाको हिस्सा हो । सगरमाथालाई तिब्बती भाषामा चोमोलोङ्गमा भनिन्छ ।
जुन यसको अद्वितीय परिस्थिति र वातावरणको कारणले विश्वव्यापी ध्यान सबैलाई आकर्षित गर्दछ । ‘चाइना युनिभर्सिटी अफ जियोसाइन्सेसका स्कुल अफ अर्थ साइंसेज’का प्राध्यापक मा चाङ्कियानका अनुसार डिङ्ग्री काउन्टीलाई हल्लाउने भूकम्पले यस क्षेत्रको अद्वितीय भू वैज्ञानिक संरचना र प्लेट टेक्टोनिक्ससँग नजिकको सम्बन्ध राखेको छ । ‘छिङहाई-सिजाङ पठार’को दक्षिणी भागमा अवस्थित, डिङ्ग्री काउन्टी विश्वको सबैभन्दा भूकम्पीय सक्रिय क्षेत्रहरू मध्येको एक हो । यो क्षेत्र प्रख्यात ‘हिमालयन ओरोजेनिक बेल्ट’ नजिक भारतीय र यूरेशियन प्लेटहरू बिचको टक्कर क्षेत्र भित्र पर्छ । यसको क्रस्ट मोटाइमा ७० किलोमिटर भन्दा बढी छ, । मा चाङ्कियानका अनुसार क्रस्ट भित्रको जटिल टेक्टोनिक गतिविधिहरू, जसमा ‘फल्ट स्लिपिङ’, ‘फोल्डिङ’, र ‘थ्रस्ट फल्टिङ’ले महत्त्वपूर्ण तनाव संचय उत्पन्न गर्छ र तीव्र भूकम्पीय गतिविधिको लागि अवस्थाको सिर्जना गर्दछ । ७.१ म्याग्निच्युडको भूकम्पपछि आगामी दिन र हप्ताहरू सम्ममा केन्द्रबिन्दु क्षेत्र र वरपरका क्षेत्रमा परकम्पहरू आउने सम्भावना छ । सामान्यतया, भूकम्प गएको समयपछि परकम्पहरूको परिमाण घट्दै जान्छ, तर ‘छिङहाइ-सिजाङ पठार’मा उच्च टेक्टोनिक गतिविधिका कारण ५ म्याग्निच्युड भन्दा बढी परकम्प आउने सम्भावना रहन्छ, मा चाङ्कियान भने । भूकम्प प्रभावित क्षेत्र उच्च उचाइमा रहेको कारण उद्धारमा चुनौतीहरू आएका छन् । भूकम्पको गम्भीरतालाई ध्यानमा राख्दै, चीनको भूकम्प प्रशासनले उच्च स्तरीय आपत्कालीन उद्धार टोलीबाट काम सुरु गर्यो र स्थानीय जनताद्वारा विपदमा राहत गर्न गरेका प्रयासहरूमा सहयोग उक्त टोलीलाई घटनास्थलमा पठाएको छ । प्रदेश परिषद्को भूकम्प राहत मुख्यालयको कार्यालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले पनि उद्धार टोली बनाएर पहल गरेको छ ।
उक्त उद्धार टोलीहरूले मङ्गलवार भूकम्प पीडितहरूका लागि आपत्कालीन समयमा गर्नुपर्ने काम थालेको छ । उद्धार कार्यमा के कस्ता चुनौतीहरू सामना गर्न सक्छन् भनेर सोध्दा मा चाङ्कियान भने कि डिङ्ग्री काउन्टीको उच्च उचाइको पहाडी भूभाग, उपत्यका, ठाडो पहाड र असहज परिदृश्यले भूकम्पको केन्द्रमा पहुँच अवरुद्ध भैईरहेको र उद्धार प्रयासहरूलाई बाधा पुर्याई रहेको जनाइएको छ । पराकम्प लगातार आइरहेकोले थप रूपमा, भूकम्पको पराकम्पले सडक र पुलहरू जस्ता पूर्वाधारहरूमा थप क्षति पुर्याउन सक्छ, यातायात मार्गहरू अवरुद्ध हुन सक्छ, र राहत सामग्री र कर्मचारीहरू पुर्याउन ढिलाइ हुन सक्छ भनेर सतर्कता अप्नाईएको छ ।
भूकम्प पीडितलाई राहत सामग्री र कर्मचारीहरू घरघरमा पुग्ने क्रम जारी छ । उच्च-उचाइ क्षेत्रमा कडा जाडोको अवस्थाले थप चुनौतीहरू खडा गरिएको, रातको तापक्रम माईनसन भन्दा तल झर्ने, घाइतेहरूको बाँच्ने जोखिम बढाउने र उद्धार कार्यलाई जटिल बनाउन सक्छ मा चाङ्कियान भने। यसबाहेक, हिमपात, तेज हावा र कम भिजिबिलिटीले गर्दा प्रभावित क्षेत्रमा अप्रत्याशित मौसमले हवाई र जमिनमा आधारित उद्धार अभियानलाई थप ढिलाइ पारिरहेको छ । मा चाङ्कियानले हिमाली भेगको स्थायित्व मूल्याङ्कन गर्न र उद्धारकर्मी नपठाउन भौगर्भिक विज्ञहरू खटाउन सुझाव दिँदै माध्यमिक विपद् रोकथामको महत्त्वलाई जोड दिएका छन् । उच्च जोखिम क्षेत्रहरूमा, जसले गर्दा पहिरो र हिम पहिरोको जोखिम कम हुन्छ । थप रूपमा सम्भावित अवरोध गर्न सक्ने कुरालाई तुरुन्तै सम्बोधन गर्न र न्यूनीकरण गर्न ‘हाइड्रोलोजिकल’ अनुगमनलाई बलियो बनाउनु पर्ने कुरामा मा चाङ्कियानले जोड दिए ।