संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भैरहेको छ- भीम रावल

काठमाडौं । नेकपा एमालेका पूर्व नेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधान संशोधनका लागि भन्दै सरकार बनाउने र संशोधनको काम भने २०८७ सालमा गर्ने तयारीले जनतालाई झुक्काउने काम भएको बताएका हुन् । उनले जनताको आँखामा पट्टी लगाएर आफु मात्र सर्वज्ञता बन्न खोज्ने देशको शासक हुन नसक्ने धारणा राखे । रावलले सरकार सञ्चालन गर्ने र महत्त्वपूर्ण पदमा बस्नेहरूले देशलाई आफ्नो हित अनुकूल प्रयोग गरेको आरोप समेत लगाए ।

उनले देशभक्तको बलिदानको आडमा भ्रष्टाचारको खेतीहरू मौलाइरहेको भन्दै देशभक्तले मुलुकमा स्थापित गरेको जगलाई भत्कन नदिन एक भई डटेर सामना गर्नुपर्ने धारणा राखे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *