नेपालमा विभिन्न राजनैतिक परिवर्तन किन गरियो ? त्यसको उपलब्धि के भयो ?

मैले पटक–पटक किन यी नेताहरूले यो देश बनाउँदैनन् बरु उल्टै बर्बाद पार्छन् र विदेश उड्छन् भन्ने गरेको छु । यिनका छोराछोरी र नातिनातिनाहरू विदेशमा कुन–कुन ठाउँमा बस्छन् ? नालीबेली सहित हेर्नुहोस् ।

१) केपी ओलीका सन्तान छैनन् ।
२) शेरबहादुर देउवाका एक छोरा जयवीर देउवा बेलायतमा बस्छन् ।
३) मिनेन्द्र रिजालका छोरा/बुहारी तथा छोरी अमेरिकी नागरिक हुन् ।
४) रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेल बेलायतमा छन् भने एक छोरी अमेरिकामा बस्छिन् ।
५) राजेन्द्र लिङ्गदेनकी छोरी अमेरिकामा बस्छिन् ।
६) माधव नेपालका छोरा र सोमप्रसाद पाण्डेकी छोरी अथवा माधव नेपालकी बुहारी अस्ट्रेलियामा बस्छन् ।
७) झलनाथ खनालका छोरा निर्भीक खनाल अमेरिका–नेपाल गर्दछन् ।
८) कृष्ण प्रसाद सिटौलाका छोरा श्याम सिटौला र दुई छोरीहरू अमेरिकामा बस्छन् ।
९) प्रकाशमान सिंहका दुई छोराहरू प्रभासमान सिंह र भास्करमान सिंह अस्ट्रेलियामा बस्छन् ।
१०) विमलचन्द्र निधीका दुई छोरा मध्य अविरल निधी अमेरिका र अर्का भारतमा बस्छन् ।
११) ईश्वर पोखरेलका दुई छोरा मध्य १ नेपाल–अमेरिका गर्दछन् ।
१२) बामदेव गौतमका छोरा हरिस गौतम नेपाल–चीन व्यापार गर्छन् ।
१३) जनार्दन शर्माका छोरा/छोरी अमेरिका बस्छन् ।
१४) शक्ति बस्नेतकी छोरी अमेरिकामा बस्छिन् ।
१५) पशुपति शमशेर राणाका दुई छोरीहरू भारतमा बस्छन् ।
१६) प्रकाशचन्द्र लोहनीका तीन छोरीहरू अमेरिकामा बस्छन् ।
१७) सुशीला कार्कीका छोराबुहारी अमेरिकामा बस्छन् ।
१८) खिलराज रेग्मीका छोराछोरी चीनमा बस्छन् ।
१९) रवि लामिछानेका दुई छोरीहरू अमेरिकामा बस्छन् ।
२०) स्वर्णिम वाग्लेसँग अमेरिकी ग्रिन कार्ड छ, श्रीमती भियतनामी अमेरिकन नागरिक हुन् ।
२१) रास्वपाका अधिकांश नेताहरू नै विदेश बसेका र पढेका हुन् ।
२२) विरोध खतिवडाकी छोरी श्रखला नेपाल–अमेरिका गर्दछिन् ।
२३) कृष्णबहादुर महराका छोरा राहुल महरा नेपाल–चीन गर्दछन् ।
२४) वर्षमान पुनकी छोरी चीनमा पढिरहेकी छिन् ।
२५) देव गुरुङका छोरा चीनमा पढ्छन् ।
२६) लीलामणि पोखरेलका छोराले चीनमै पढेका हुन् ।
२७) अग्नि सापकोटाका छोरा चीनमा पढेका हुन् ।
२८) दीनानाथ शर्माका छोरा चीनमा पढेका हुन् ।
२९) प्रचण्डले नातिनीलाई बेलायत पढाइरहेका छन् ।
३०) सुवासचन्द्र नेम्वाङका छोराहरू अस्ट्रेलिया र बेलायतमा बस्छन् । एक छोरा नेपालका सांसद बनेका छन् ।
३१) विद्या भण्डारीका छोरीहरू विदेश अध्ययन गरेर फर्केका हुन् ।
३२) बाबुराम भट्टराईकी छोरी मानुषी भारतमा अध्ययन गरेकी हुन् ।
नोट:- तातो न छारो यिनीहरूले यो देश किन बनाउँछन् भन्या ? जसको आफू बाहेक दोस्रो र तेस्रो पुस्ता नै नेपालमा भविष्य नदेखेर सुविधा सम्पन्न देशहरूमा सेटलमेन्ट भएका छन् । उनिहरुसंग ती देशहरूमा बस्न वा शरण पाउने आधार छ, त्यो ब्यवस्थापन गरिसकेका छन । नेताका सन्तानसंग ग्रिन कार्ड, पिआर र नेपालको कूटनैतिक रातो (भिभिआइपी तथा भिआइपी) पासपोर्ट समेत छ । त्यसले यो देश बनाउन के बहुला कुकुरले टोकेको छ र यी टाउके नेतालाई ? यदी यी नेताले जस्का छोराछोरी श्रीमती सबै भगाईसके र पनि देश लुट्ने उद्योगमा यीनीहरुकै राणा शासन छ वर्तमानमा नि । नपत्याउनु त्यो फरक कुरा भयो । कम्तीमा मेरो ब्रह्म ज्ञानले चाहिँ पत्याउँदैन । यिनीहरू भनेका राजनीति नामको व्यापार गर्ने, देश र जनतालाई लुटेर विदेशमा लगानी गर्ने दलाल हुन् । नेपालमा कुनै बिसम प्ररिस्थिती आओस् यी सबै तुरुन्तै भागेर भारत हककुदै तेस्रो मुलुक पुगेनन् भने मेरो मुखमा थुक्नुहोला ।

स्रोत : विभिन्न आधिकारिक पत्रपत्रिका र गुगल (विकिपिडिया)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *