सरकारी वकिलहरुको तर्क- रविलाई थुनामा पठाउनुपर्छ
काठमाडौं । सरकारी वकिलहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउनुपर्ने तर्क राखेका छन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दाको काठमाडौँ जिल्ला अदालतमा जारी थुनछेक बहसका क्रममा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल र विना खड्काले लामिछानेलाई प्राप्त प्रमाणका आधारमा थुनामा पठाउनुपर्ने जिकिर गरेका हुन् ।
स्वर्णलक्ष्मीको सहकारी ठगी प्रहरणमा अभियोग पत्र दायर भएपछि यहि पुस २५ गते कास्की प्रहरी हिरासतबाट रिहा भएका लामिछाने आइतबार काठमाडौं अदालतमा आफैं हाजिर भएका थिए । आज बिहानबाट सुरु भएको थुनछेकमा सरकारी पक्षका वकिलहरूले बहस गरिरहेका छन् ।