बुढेसकालको बचन राम्रो त्यहि नै खुसि हाम्रो
१ हिडछु भन्ने पाईला नै
छोडि सके टेक्नलाई
अक्षरका भावहरु
मोडि सके लेख्नलाई ।
स्वच्छ जीवन पारखिमा
सबै थिए मायाँ हाम्रा
बुढेसकालको सहारामा
नपाईने खुसि राम्रा ।
२ आँसु मेरा धेरै झरे
देख्न छोडे नयनले
साथ मलाई छोडदै गए
कर्म र बचनले ।
थिर हुन्न मनको बह
कोहि छैन भन्नु हाम्रो ।
बुढेसकालको सहारामा
नपाईने खुसि राम्रो ।
३ पिर सुर्ता जति गर्यो त्
यतिनैखछ आत्मग्लानि
माया मोह तोडिदैछ
मात्र बाँकि एउटा प्राणि ।
वृद्धा जीवन देख्यौ रोगि
के को आशा छर हाम्रो
ब्ढेसकालको सहारामा
नपाईने खुसि राम्रो ।
४ चल्नहल्न सकिँदैन
आफू पनि कतै तिर
पारिवारिक झमेलाले
सधै मन भित्र पिर ।
कहाँ गई ठोक्किने हो
लक्ष छैन कतै हाम्रो
बुढेस कालको सहारामा
नपाईने खुसि राम्रो ।
५ कोहि भन्छन अविवेकि
कोहि भन्छन साहु मारा
खुसि बचन छैन कहिले
रिषै गर्छन मलाई सारा ।
छोडन पनि नसकिने
कस्तो रैछ देह हाम्रो
बुढेशकालको सहारामा
नपाईने खुसि राम्रो ।
६ एक डल्लो पिठो खान
बचन राम्रो भए हुन्थ्यो
स्वर्ग जस्तो महलमा
नत्र मन किन रुन्थ्यो ।
ईराधामा अल्झिएन
सुख भोग गर्ने हाम्रो
बुढेसकालको सहारामा
नपाईने खुसि राम्रो ।
७ हाँसि खेलि बित्यो जिवन
सुख भोग गर्न धाईन
लाला बाला हुर्काउदैमा
जिवन अर्को पाटो छाईन ।
बन्धक झै बित्यो जीवन
तर हासि खेलि हाम्रो
बुढेसकालको सहारामा
नपाईने खुसि राम्रो ।
८ बढ्दै पढदै हुर्कि गयौ
माया तिम्रै हुन्छ हुन्छ
बुढेसकालमा सबले छाडयौ
हृदय त रुन्छ रुन्छ ।
कसोगरि खाने होला
कस्तो रैछ कर्म हाम्रो
बुढेसकालको सहाराले
नपाईने खुसि राम्रो ।
९ हाम्रा लागि केनै छ र
उमेरले डांडा काट्यो
पारिवारिक साथ छैन
हाम्रो मन त्यसै फाट्यो ।
माया मोह हुन्न रैछ
जति भए पनि हाम्रो
बुढेसकालको सहाराले
नपाईने खुसि राम्रो ।
१० हिजो थियौं हामी पनि
जवानिका रस धनि
आज छोरा छोरि हिडे
अरुकैका मायाँ बनी ।
बसि राछौ मृत्यु कुरि
कहिले जाला जीवन हाम्रो
बुढेसकालको सहारामा
नपाईने खुसि राम्रो ।
संयोजक
जेष्ठ नागरिक
सुर्यविनायक ३ बालकोट (हाल अष्टेलिया)