माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा सम्पन्न,तीन जना सञ्चालक पदमा निर्बिरोध निर्वाचित

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पोखरामा आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको छ । उक्त साधारण सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । बैंंक सञ्चालक जयमुकुन्द खनालले स्वागत मन्तव्य राख्नु भएको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महतले जि.पि.राजबहाक एण्ड कम्पनीलाई पुनःलेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गर्नुभएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन के.सीले प्रविधिको विकास संगसंगै यसमा देखा परेका चुनौतीहरुलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पु¥याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडी बढिरहेको जानकारी गराउनु भयो ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताउनु भयो । उक्त साधारण सभामा बैंकको संस्थापक शेयरधनीको तर्फबाट पूर्व बन तथा वातावरण मन्त्री डा. विरेन्द्र महतो एंव समाजसेवी प्रेमकुमारी के.सी.ले पनि सहभागिता जनाउनु भएको थियो भने अन्य संस्थापक एंव साधारण शेयरधनिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *