विपक्षी दलहरूको बैठक जारी
काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।
बैठकमा माओवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन, रास्वपाबाट कार्यबाहक सभापति डीपी आर्याल र सचेतक सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल लगायत उपस्थित छन् । बैठकमा कार्यदलले तयार पारेको ड्राफ्ट शीर्ष नेतालाई बुझाएका हुन् ।
कार्यदलले संसद् छलेर केपी ओली नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेश, सरकारको ६ महिनाको कामकारबाही, सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविका लगायत राष्ट्रिय मुद्दामा साझा धारणा बनाउनेछ । बैठक लगत्तै विपक्षी दलहरूले पत्रकार सम्मेलन गर्दैछन् ।