सरकारले भूमाफिया फाइदा दिन भूमि अध्यादेश ल्याएको विपक्षी दलहरुको आरोप

काठमाडौं । विपक्षी दलहरूले सरकारले भूमाफिया फाइदा दिन भूमि अध्यादेश ल्याएको आरोप लगाएको छ ।

शुक्रबार विपक्षी दलहरूको तर्फबाट गरिएको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले अध्यादेश जारी गरिएको आरोप लगाए ‘सरकार भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतमा देखिन्छ । त्यसैले भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्न अध्यादेश जारी गरेको हो’, उनले भने ।

विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने उनले बताए । उनले भने, ‘गठबन्धन गर्दा जे भनेर गरिएको थियो, ती कामहरू केही पनि अगाडि बढेका छैनन् । संविधान संशोधन प्रधानमन्त्री आफैँले ०८७ मा मात्रै हुन्छ भनेपछि त अन्य सुशासनबारे भनिएका कुरा पनि उल्टो बाटोमा हिँडिसकेपछि नैतिक रूपले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको छ भन्नु हामीले सरकार खोजेको अर्थ लाग्दैन । सरकारले त्यो अधिकार गुमाएको छ । नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । त्यसको अर्थ हामी सरकारमा जान हतारिएको भन्ने अर्थ लाग्दैन ।’

उनले सरकारले संसद अधिवेशन नबोलाएर विशेष अधिवेशन मात्रै नभई आवश्यक परेर सडक संघर्षमा जान सक्ने चेतावनी दिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *