अमेरिकी कम्पनीले बनायो एआई रोबोट आरिया
आर्टिफिसियल इन्टेलिजेन्सको आगमनसँगै रोबोटको संसार पनि बदलिएको छ । अहिले रोबोट कुनै वास्तविक मानिसभन्दा कम छैन । एआई रोबोटले हाम्रो फिलिङ अर्थात् अनुभूति बुझ्न सक्छ र तपाईंको भावनाको कदर पनि गर्न सक्छ । हालै अमेरिकाको लग भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो ९ऋभ्क् द्दण्द्दछ० मा अमेरिकी प्रविधि कम्पनी रियलबोटिक्सले एउटा अत्याधुनिक एआई रोबोट सार्वजनिक गरेको छ । आरिया नामक उक्त रोबोटले मानिसले जस्तै अभिव्यक्ति प्रकट गर्न सक्दछ । सो रोबोटलाई एउटा साथीको रुपमा डिजाइन गरिएको छ । आरियाको मूल्य एक लाख ७५ हजार अमेरिकी डलर राखिएको छ । रियल बोटिक्स कम्पनीका सिइओ एन्ड्रयू किगुएलका अनुसार कम्पनीको उद्देश्य एउटा यस्तो रोबोट बनाउनुहो जसलाई मानिसबाट अलग गर्न गाह्रो हुन्छ । साथै यो रोबोटले समाजमा बढिरहेको पुरुषको एक्लोपनको समस्याको पनि समाधान गर्ने विश्वास गरिएको छ । किगुएलले फोर्ब्ससँग भनेका छन् , हामीले यसलाई त्यस स्तरसम्म लिएर जाँदैछौं जहाँ अहिलेसम्म कोही पनि पुगेको छैन । यो एउटा रोमान्टिक साथीजस्तै हुनसक्छ । तपाईं को हो भन्ने कुराको याद यसले राख्दछ । यसले ब्वायफ्रेण्ड वा गर्लफ्रेण्डको जस्तै व्यवहार गर्दछ । यदि तपाईंले ज्भच चलचित्र हेर्नुभएको छ भने हामीले ठ्याक्कै त्यस्तै गर्ने प्रयास गरिरहेका छौं । सीईओ एन्ड्रयू किगुएलका अनुसार रोबोटको विकास गर्दा त्यसको हिंडाइ तथा अनुहारको भावलाई विकास गर्नु दुईवटा प्रमुख चुनौती थिए । कम्पनीले मुख्य रुपमा रोबोटको अनुहारको भावमा ध्यान केन्द्रित गरेको छ । उनी भन्छन् – हामीले हिँड्ने लगायतका प्रविधिका लागि टेस्ला जस्ता दिग्गज कम्पनीहरुलाई काम गर्न दियौं । दोस्रो ठूलो चुनौती चाहिँ अनुहारको भाव हो । हामीले रोबोटलाई यस्तो बनाउन चाहन्छौं जसले भावनाहरु प्रदर्शित गर्न सकोस् र तपाईंलाई उसले के महसुस गरिरहेको छ भन्ने कुरा प्रदर्शन गर्न सकोस् । आरियाले अनुहारमा भावहरु प्रदर्शन गर्दाको एउटा भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ । यसबाट सोसल मिडिया प्रयोगकर्ताहरु अचम्मित भएका छन् । एकजना प्रयोगकर्ताले लेखेका छन् – मैले सुरुमा त यसलाई असली ठानेको थिएँ र त्यो ठ्याक्कै मानिसजस्तै देखिन्छ । कतिपयले चाहिं यस्ता रोबोटलाई नजिक राख्दा सहज महसुस गर्न नसकिने र केही डरलाग्दो रहेको बताएका छन् ।