एभरेष्ट बैंकको २१ प्रतिशतले नाफा बढ्यो

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८१।८२ दोस्रो त्रैमासमा नाफा २१ प्रतिशतभन्दा धेरैले बढाएको छ । गत आव सोही अवधिको तुलनामा एभरेष्टले नाफा २१.११ प्रतिशतले बढाएको हो । सोमबार प्रकाशित दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार एभरेष्टले यस अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ७१ करोड थियो । बैंकको खुद नाफासँगै वितरणयोग्य नाफा पनि बढेको छ । यस अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । गत वर्ष यस्तो नाफा २ अर्ब ४० करोड थियो ।

यस अवधिमा बैंकले ब्याज आम्दानीमा १९ प्रतिशत वृद्धि गरेको छ भने कमिसन तथा शुल्कबापत आम्दानीमा १४.४६ प्रतिशतको वृद्धि छ । गत वर्ष ४३ करोड रहेको बैंकको इम्पेयरमेन्ट शुल्क अहिले घटेर ३५ करोडमा झरेको छ । एभरेस्टले सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) को प्रतिस्पर्धामा आफूलाई अगाडि नै राखेको छ, जुन यस अवधिमा बढेर ३२ रुपैयाँ पुगेको छ । पीई रेसियो भने १८ बाट सीमान्त बढेर १८.१२ मा पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *