नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा २ अर्ब ८३ करोड

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ रहेको छ ।

यसले नाफा बढाउन सहयोग पुगेको देखिएको छ । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक छ। ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख रुपैयाँ छ । पुस मसान्तसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *