एनआईसी एशिया बैंकले उच्च पदस्थ व्यक्तिसँग राष्ट्रिय परिचयपत्र नम्बर माग

काठमाडौं । एनआईसी एशिया बैंकले उच्च पदस्थ व्यक्तिहरुलाई राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउन माग गरेको छ । नेपाल राष्ट्र बैंकले पुस २६ गते परिपत्र जारी गर्दै २०८१ माघ १ सम्ममा सबै उच्च पदस्थ व्यक्तिको खातामा राष्ट्रिय परिचयपत्रको विवरण राख्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार बैंकले उच्च पदस्थ व्यक्तिहरुलाई नजिकको शाखा कार्यालय मार्फत राष्ट्रिय परिचयपत्र नम्बर अध्यावधिक गर्न भनेको छ ।

‘नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन अनुसार, यस एनआईसी एशिया बैंकमा खाता भएका उच्च पदस्थ व्यक्तिहरुको खातामा राष्ट्रिय परिचयपत्र नम्बर अध्यावधिक गर्नु पर्ने भएकोले, नजिकको शाखा कार्यालय मार्फत अध्यावधिक गराई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं’ सूचनामा भनिएको छ । उच्च पदस्थ व्यक्ति भन्नाले राजनीति, व्यापार तथा प्रशासनलगायत उच्च ओहोदामा रहेका तथा राजनीति सम्बद्ध व्यक्ति पर्छन । उनीहरु सबैले आफ्नो खाता भएको बैंकलाई राष्ट्रिय परिचयपत्र बुझाउनुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *