सीजी मोटर्सद्वारा नेपालमा आयन भीको औपचारिक रूपमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले आयन भीको औपचारिक रूपमा सार्वजनिक गरेको छ । चौधरी समूहका प्रबन्धक निर्देशक निर्वाणकुमार चौधरीले बुधबार उद्घाटन गरेको कार्यक्रममा एशियन क्षेत्रका कन्ट्री प्रबन्धक ड्यानियल चोउ, मार्केटिङ प्रबन्धक हान्न ताओ, उत्पादन प्रबन्धक प्याट्रिक यु, र मार्केटिङ विशेषज्ञ भिक्टोरिया वाङको उपस्थिति रहेको थियो । कार्यक्रमका मुख्य वक्ता ड्यानियल चोउ र निर्वाण चौधरीले आयन वाई भेरियन्टको नेपालमा प्राप्त सफलताको बारेमा चर्चा गरे । आयनले चीनमा गुणस्तरको हिसाबले नं. १ ईभी ब्रान्डको रूपमा आफ्नो पहिचान कायम गरेको कम्पनीले जनाएको छ । उच्च प्रविधि, उच्च सुरक्षा मापदण्ड, र वातावरणमैत्री डिजाइनका कारण आयनले विश्वव्यापी अटोमोबाइल उद्योगमा नयाँ मापदण्ड कायम गर्दै आएको छ । आयन भी एलिट र लक्जरी गरी दुई भेरियन्टमा उपलब्ध छ । एलिट भेरियन्टले ५२० किलोमिटरको रेन्ज प्रदान गर्दछ, जुन ६२.७ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्रीबाट सञ्चालित छ ।

लामो यात्रा चाहनेहरूका लागि लक्जरी भेरियन्टले ६५० किलोमिटरको प्रभावशाली रेन्ज प्रदान गर्ने सिजी मोटर्सले जनाएको छ । यसमा सबैभन्दा बढी ७५.३ (किलोवाट प्रति घण्टा) क्षमताको म्यागजिन ब्याट्री समावेश छ । दुवै भेरियन्टमा १५ विभिन्न स्मार्ट ड्राइभिङ फङ्क्शन, म्यागजिन ब्याट्री, ७ एयरब्याग र फराकिलो तथा आरामदायी इन्टेरियर रहेको छ । यो एसयूभीले फाइभ स्टार सुरक्षा मापदण्ड पनि प्राप्त गरेको छ । आयन भीको मूल्य एलिट भर्जनको ६४ लाख ९९ हजार रहेको छ भने भने लक्जरी भर्जनको ६९ लाख ९९ हजार रुपैयाँ छ । आयनको शोरूम थापाथलीमा गएर थप जानकारी लिन वा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन सीजी मोटर्सले आयन भीका साथ सीजी केयर्स एप पनि सार्वजनिक गरेको छ । नेपालको २४० स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *