प्रधानमन्त्री आलीद्वारा भारतको ७६औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतको ७६औं गणतन्त्र दिवसको अवसरमा बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिदै प्रधानमन्त्री ओलीले लोकतन्त्र र राष्ट्रिय एकताको आदर्श सधैं फस्टाउँदै जाने विश्वास व्यक्त गरेका छन् । उनले दुई राष्ट्रहरू बीचको मित्रताको सम्बन्धलाई अझ गहिरो बनाउँदै जाओस् भन्ने उल्लेख गरेका छन् ।
भारतले आज आफ्नो ७६औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाउदै छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
On the occasion of 76th #RepublicDay of India, I extend my warmest congratulations to Prime Minister Shri
@narendramodi
and the people of India. May the ideals of democracy and national unity flourish evermore, fostering deeper ties of friendship between our two nations.