ललितपुर महानगरमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ

काठमाडौँ । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ ।

आइतबार ललितपुरमा विशेष कार्यक्रमको आयोजना गर्दै महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो । सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यको साथ साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरिएको बताइएको छ । ललितपुर महानगरभित्र रहेका स्मार्ट ट्राफिक लाइट २४ सै घण्टा सञ्चालन हुने बताउँदै स्मार्ट ट्राफिक लाइटको नियम उलंघन गरेको विवरण सिस्टममा रेकर्ड हुने भएकाले नियम कारवाहीको लागि सहज हुने प्रमुखले बताएका छन् ।

साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ललितपुरको महानगर प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकहरूले चोक चोकमा बसेर ट्राफिक सचेतना प्रदान गर्ने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *