साताको पहिलो दिन सेयर बजारमा गिरावट
काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १०.४१ अंक घटेको छ ।
आजको गिरावटपछि नेप्से २६४३ अंकमा कायम भएको छ । बजारको परिसूचक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ९ अर्ब १२ करोडको भयो ।
११६ कम्पनीको मूल्य बढ्दा १२१ को घट्यो भने ६ को स्थिर रहेको छ ।