गृहमन्त्रीसँग भारतका अतिरिक्त सचिव महावरको शिष्टाचार भेट
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् ।
मङ्गलवार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुई देशका सीमा सुरक्षा बल बिचको सम्बन्ध तथा सहकार्य र लागू औषध ओसार पसार तथा दुर्व्यसन नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।
साथै कञ्चनपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी (आईसिपी) निर्माण र सुरक्षा सम्बन्धी समझदारीबारे समेत छलफल भएको गृहमन्त्री लेखकको निजी सचिवालयले जनाएको छ ।