महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र स्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा लागेको डढेलो सोमबार देखि नियन्त्रणमा आएको छ ।

गत मंगलबार दिउँसो देखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडा स्थित महाभारत जंगल बाट आगलागी शुुरु भएको थियो । हेलिकप्टर, स्थानीय र सुरक्षाकर्मीको प्रयास पश्चात विभिन्न सामुदायिक वनमा लागेको डढेलो निभाउन सफल भएको गाउँपालिकाको भनाइ छ । लामो समय देखि बर्षा नहुनु, वन्यजन्तु तस्कर या अन्य कारणले वनमा आगो लागेको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । वन डढेलो तथा अग्नी नियन्त्रण गर्नको लागि समुदाय स्तरमा सचेनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी प्रशासनले पनि गरेको छ ।

वेथानचोक गाउँपालिकाले भने वनमा डढेलो लाग्न नदिनको लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमहरु गर्ने, आपतकालिन समयमा अग्नी नियन्त्रण कसरी गर्ने निर्णय गरेको छ । खानीखोला र बेथानचोक गाउँपालिकाका पाँच सामुदायिक वनको करिब १०० हेक्टर वन डढेलोबाट धेरै क्षति भएको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *