प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
शुक्रबार उनीविरुछ रौतहट जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरिएको हो । साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।
अध्यक्ष शाह र आजपाका महासचिव त्रिभुवन साहविरुद्ध दर्ता भएको सो मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेशी तोकिएको छ ।