बुढ्यौली रोक्न चाहनुहुन्छ ?

बुढ्यौली रोक्नका लागि प्लाज्मा थेरापी गरिरहेका अमेरिकाका एकजना करोडपतिले एउटा नयाँ तरिका अबलम्बन गरेका छन् । उनले आफ्नो एन्टी एजिंग अर्थात् बुढ्यौली प्रतिरोधी प्लाज्मा दान गर्ने इच्छा प्रकट गरेका छन् । बुुढ्यौली रोक्नका लागि जोडतोडका साथ प्रयास गरिरहेका अमेरिकी करोडपति ब्रायन जोनसनले आफ्नो बुढ्यौली प्रतिरोधक थेरापीका लागि अहिले आफ्नो छोराको प्लाज्माको उपयोग गर्न बन्द गरेको दाबी गरेका छन् । जोनसन उनै प्रविधि उद्यमी हुन् जसले आफ्नो १७ वर्षीय छोरा टेल्मेज र ७० वर्षीय पिता रिचार्डको प्लाज्मा समेत प्रत्यारोपण गरेर विश्वकै पहिलो बहुपुस्ता प्लाज्मा आदानप्रदानमा सामेल गरेका थिए । यस प्रक्रियामा सुरुमा टेल्मेजको सरीरबाट एक लिटर रगत निकालियो । उक्त रगतलाई प्लाज्मा, राता रक्तकोष, सेता रक्तकोष र प्लेटलेट्समा विभाजन गरियो । त्यसपछि जोनसनले आफ्नो छोराको रगतबाट निकालिको उक्त प्लाज्मालाई आफ्नो सरीरमा हाल्दथे। जवान छोराको प्लाज्मा आफ्नो रगतमा मिसाउनाले बुढ्यौलीको गतिलाई कम गर्न सकिने उनको दाबी छ । तथापि जोनसनले अब यो प्रक्रियालार्य पूर्णरुपमा परिवर्तन गरेका छन् । अहिले आफुले पूर्ण प्लाज्मा आदानप्रदान विधि अपनाएको उनको भनाई छ । टोटल प्लाज्मा एक्सचेन्ज प्रक्रियामा सरीरबाट सबै रगत निकालिन्छ । रगतबाट प्लाज्मा छुट्टाइन्छ। त्यसपछि प्लाज्मालाई ५ प्रतिशत एल्बुमिन र क्ष्ख्क्ष्न् मा परिणत गरिन्छ । आफ्नो उक्त नयाँ प्रक्रियालाई लिएर चर्चामा आएका जोनसनले हालै सोसल मिडियामा आफ्नो प्लाज्माको क थैलीसँगको तस्वीर शेयर गर्दै लेखे, ‘यो हो मेरो प्लाज्मा, यसलाई को लैजान चाहन्छ ?’ उनको उक्त पोस्ट लाखौँ मानिसहरुले हेरेका छन् र केहीले यसमा रुची पनि देखाएका छन् । कतिपयले प्लाज्माको मूल्य सोधेका छन् । त्यसको जवाफमा जोनसनले उक्त प्लाज्मा आफुले खुसीसाथ सित्तैमा दान गर्न चाहेको जवाफ फर्काएका छन् । हुनत रक्त प्लाज्माको विभिन्न खालका स्वास्थ्य चिकित्सामा प्रयोग हुन्छ । तर यसरी आफ्नै प्लाज्मा बाँड्नु चाहीँ तार्किक तथा नियामकीय रुपबाट चुनौतीपूर्ण हुनसक्छ । तर आफ्नो अनौठो खालको स्वास्थ्य सम्बद्ध दिनचर्याका कारण जोनसन यसअघि पनि पटक पटक चर्चामा आउने गरेका छन् । मानिसहरुले बुढ्यौली रोक्नका लागि कहिले छोराको, कहिले बाउको र कहिले आफ्नै रक्तप्लाज्माको प्रत्यारोपण गर्ने उनको क्रियाकलापलाई सनकपूर्ण प्रयोग भएको टिप्पणी समेत गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *