अष्ट्रेलियामा नेपाल झल्किने तस्विर प्रदर्शनी

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्किने तस्विर प्रदर्शनी गरिएको छ ।

अष्ट्रेलिया-नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउण्डेसनले फोटोग्राफर भरतबन्धु थापाका तस्विर प्रदर्शनी गरेको हो। प्रदर्शनीमा नेपालको सातै प्रदेश समेटिने २२ तस्विर राखिएका थिए । कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालकी राजदूत यादवले नेपालको विकासका लागि पर्यटन प्रवर्धनमा जोड दिन प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

न्यू साउथ वेल्स (एनएसडब्लू) का वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र साँस्कृतिक सम्पदा तथा नेपाली मुहार प्रस्तुत गरेकोमा फोटोग्राफर थापाप्रति आभार व्यक्त गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *